सेयर बजारमा दोहोरो अंकको बढोत्तरी



काठमाडौं । उतार चढाबकाबीच अन्तिम समयमा सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १४.७१ अंकले बढेर परिसूचक २००१.५३ बिन्दुमा रोकिएको छ । २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक ७.०८, विकास बैंक ३३.०७, वित्त कम्पनी २५.२६, जलविद्युत ४७.२८, जीवन बीमा ११.७८, उत्पादन तथा प्रशोधन ३७.९६, माइक्रोफाइनान्स ५५.५२, निर्जीबन बीमा समूहको उपसूचक २८.७७ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३० करोड १८ लाख ८६ हजार ७३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी हाईड्रोपावर र एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।


क्लिकमान्डु