पशुपतिनाथको जलहरी निर्माणमा १०७ केजी ४९० ग्राम सुन प्रयोग, आम्दानी र खर्चको लेखांकन नै भएन



काठमाडौं । महालेखा परीक्षक कार्यालयले पशुपति मन्दिरमा सुनको जलहरी निर्माण कार्यको आम्दानी र खर्चको लेखांकन नभएको बताएको छ ।

महालेखाको ५९औं प्रतिवेदनमा पशुपति शिवलिंगको गर्भगृहलाई पूर्णरुपमा ढोक्ने गरी राखने सुनको जलहरी निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ गूाम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद भएको थियो ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ केजी ८९० ग्राम, चाँदी १ केजी २४९ ग्राम, जिंक १२ केजी ७५० ग्राम समेत गरी १०७ केजी ४७० ग्राम सुन कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘जलहरी निर्माणका लागि आवश्यक ज्याला दातामार्फत् सोझौ कालीगढलाई भुक्तानी गर्ने व्यवस्थ मिलोन निर्णय भएको देखिन्छ । सो जलहरी निर्माण कार्यका लागि दाताबाट बेहोरेको रकमको हिसाब लेखांकन गरेको छैन ।’

पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत् उक्त निर्माण कार्य गराइएकोमा मिल्सँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेश गरिएको छैन ।

‘सबै प्रकारका आम्दानी रखर्चको विवरण कोषबाट नै लेखांकन हुनुपर्नेमा परिषदले दातामार्फत् ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवम् जिन्सी आम्दानी खर्चको लेखांकन नभएकाले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्था अवस्था यकिन हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

कार्यालयले रोक रकम यनिकन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्ने र नियमावलीअनुसार प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।


क्लिकमान्डु