नेप्से करिब ६० अंकले बढेर २ हजार नजिक पुग्याे, २ अर्बको कारोबार



काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार हरियाली छाएको छ । नेप्से परिसूचक ५९.५४ अंकले बढेर करिब २ हजारको नजिक अर्थात् १९८६.८२ विन्दुमा पुगेको छ ।

यो दिन ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा सबै उपसमूहमा हरियाली छाएको छ ।

फाइनान्स इन्डेक्स ६.९६ प्रतिशतले बढ्दा, विकास बैंक ६.२५ प्रतिशत, ट्रेडिङ इन्डेक्स ५.३९ प्रतिशतले बढेको छ ।

यो दिनको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.९०, ९.८२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, नेपाल बैंक लिमिटेड, एनआइडीसीएल अरुण काबेली पावर शीर्ष ५ मा छन् ।


क्लिकमान्डु