घनश्याम भुसालको दाबी ‘गभर्नर एमालेमा छैनन्’, तर एम अधिकारी को हो भनेनन्



काठमाडौं । नेपाल राष्ट्र बैंकका गनर्भर नेकपा एमालेको अर्थ योजना विभागको सदस्य नभएको एमाले नेता तथा अर्थ योजना विभागका अध्यक्ष घनश्याम भुसाले दाबी गरेका छन् ।

‘म प्रमुख रहेको नेकपाल एमाले, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरैले चासो र जिज्ञासा राख्नु भएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिँदै भुसालले भने, ‘स्वयम् अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नु भएको छ ।’

भुसालले एमालेको कमिटी र विभागमा त्यस्ता सार्वजनिक पद धारणा गरेका व्यक्ति रहने वैधानिक व्यवस्था पनि नभएको जानकारी गराउन चाहन्छु ।

तर भुसाले भने खोटाङका एम अधिकारी भन्ने को हो भन्ने विषयमा भने केही बताएका छैनन् ।

अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी गभर्नर अधिकारी नै हो भन्दै मंगलबार समाचरा प्रकाशित भए पनि सर्वत्र आलोचना भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा समेत सांसदहरुले यस विषयमा प्रश्न उठाएका थिए ।

गभर्नर अधिकारी गभर्नर हुनुभन्दा अघि एमाले अर्थ तथा योजना विभागको अध्यक्ष सुरेन्द्र पाण्डे रहेको समयमा भने सदस्य थिए ।

गभर्नर अधिकारीले मंगलबार नै आफू संलग्नता नहरेको दाबी गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २१ (क)ले गभर्नर कुनै पनि राजनीति पार्टीको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था गरेको छ ।


क्लिकमान्डु