राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओ निष्कासन



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले २१ लाख ७६ हजार ९४० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र अर्थात् रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिललाका बासिन्दाहरुलाई निष्कासन गरेकोमा ५ लाख ७५ हजार १७० कित्ता सेयर मात्रै बाँडफाँट भइ ३७ हजार ६२३ कित्ता थप गरी २३ लाख ६६ हजार २४० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको थियो ।
इच्छुक आवेदकले आइपीओमा छिटोमा साउन १ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल कम्पनी छन् ।


क्लिकमान्डु