२० वर्षपछि डलर र यूरोको भाउ एउटै लाइनमा



एजेन्सी । अमेरिकी डलर र यूरोको भाउ २० वर्षपछि बराबरीमा आएको छ । रुसले युक्रेनमाथि गरेको आक्रमण पछि यूरोपको अर्थतन्त्र मन्दीतर्फ धकेलिएको र अमेरिकी डलरको भाउ बढ्दै गएकाले दुबैको भाउ बराबरीमा आएको हो ।

यसको अर्थ हो, युरोपियन कम्पनीहरु तथा उपभोक्ताहरुले वस्तु सेवा खरिदका लागि पहिलेको तुलनामा बढी मूल्य चुकाउनुपर्ने छ । साथै, यूरोपबाट हुने निर्यात अन्तर्राष्ट्रिय बजारमा केही सस्तो हुनेछ ।

गथत फेब्रअुरीमा १ यूरो बराबर १.१३ डलर थियो । तर यूरोको भाउ पछिल्लो एक सातामा नाकटीय रुपमा घटेको हो । रुसमाथि पश्चिमाहरुको प्रतिबन्धपछि समस्या उत्पन्न भएको हो । यूरोपमा खपत हुने अधिकांश उर्जाको स्रोत रुस हो ।

हालसम्म १२ यूरोपिन देशहरुलेरुसबाट आपूर्ति हुने ग्यासको पूर्ण तथा आंशिकरुपमा पाउन छाडेका छन् ।

नोर्ड स्टिम १ पाइपलाइनबाट यसै साताको शुरुवातदेखि १० दिनको ममर्तका लागि आपूर्ति पूर्णरुपमा बन्द भएको छ । र, यो आपूर्ति १० दिनपछि खुल्नेछ वा अझै लामो समयसम्म लम्बिने छ भन्ने यकिन भइसकेको भने छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल एक डलर बराबर १२७.४१ रुपैयाँ र यूरोको भाउ १ यूरो बराबर १२८.७४ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु