गोदरेज ब्रान्डको इलेक्ट्रिक घरायसी सामग्री बेच्ने एओएल कम्पनीले गर्यो एकवर्षमा डेढ अर्बको कारोबार



काठमाडौं । सीजी ग्रुपअन्तर्गतको गोदरेज ब्रान्डको इलेक्ट्रिक घरायसी सामग्री बेच्ने एओएल कम्पनीले एकै वर्ष डेढ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । सन् २०२१ मा मात्रै १ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब २३ करोड २० लाख रुपैयाँ, सन् २०१८ मा ८३ करोड २० लाख रुपैयाँ र सन् २०१७ मा ५८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको सन् २०२१ मा ६२ प्रतिशतले कारोबार बढेको जनाएको छ ।

इओएल नेपालको लागि गोदरेज ब्रान्डको आधिकारिक आयातकर्ता तथा बिक्रेता हो । कम्पनी गोदरेजसँगै टीसीएल, केन्ट र इलिका ब्रान्डका घरायसी सामग्रीको आधिकारिक विक्रेता रहेको जनाएको छ ।

कम्पनीले सीजी ब्रान्डका विभिन्न साना विद्युतीय सामग्री र सेन्साइ ब्रान्डका इलेक्ट्रिक सामग्री र घरायसी सामग्री बिक्री गर्दै आएका छन् ।

चौधरी ग्रुप अन्तर्गत निर्वाण चौधरीको ९९ प्रतिशत र सारिका चौधरीको १ प्रतिशत सेयर रहेको कम्पनीलाई इक्रा नेपालले अल्पकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँ अर्थात् एथ्री रेटिङ दिएको छ ।


क्लिकमान्डु