२४ दिनमा ९४ अर्बले बैंकको निक्षेप बढ्दा १९ अर्बले कर्जा घट्यो



काठमाडौं । असार महिनाको २४ दिनमा वाणिज्य बैंकको निक्षेप ९४ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स एशोसियनका अनुसार असार २४ सम्म बैंकमा ४४ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप छ । जसमा स्वदेशी मुद्रामा ४३ खर्ब ८७ अर्ब तथा विदेशी मुद्रामा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

जेठ ३१ मा बैंकमा ४४ खर्ब निक्षेप थियो । जसमा स्वदेशी मुद्रामा ४२ खर्ब ९० अर्ब तथा विदेशी मुद्रामा १ खर्ब १२ अर्ब रुपैयाँ थियो ।
असार लागेपछि बैंकहरुमा १९ अर्बले कर्जा घटेको छ ।

जसले बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झार्न सहज भएको छ ।

जेठ मसान्तमा बैंकहरुको कर्जा ४१ खर्ब ९३ अर्ब थियो । स्वदेशी मुद्रामा गएको कर्जा ४१ खर्ब १५ अर्ब तथा विदेशी मुद्रामा ३९ अर्ब थियो । सरकारी खर्च बढेसँगै निक्षेप बढेको हो ।


क्लिकमान्डु