एक वर्षमा कर्जाको ब्याज ३६ प्रतिशतले र निक्षेपको ५६ प्रतिशतले बढ्यो



काठमाडौं । बजारमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर ३६.४ प्रतिशतले बढेको छ ।

गत वर्ष जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ८.४६ प्रतिशत थियो । चालु आर्थिक वर्षको जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ११.५४ प्रतिशत पुगेको हो । बजारमा लगानीयोग्य पूँजी अभाव हुनुको साथै राष्ट्र बैंकले बैंक दर बढाएपछि एक वर्षको अवधिमा कर्जाको ब्याजदर ३.०८ प्रतिशत विन्दुले बढेको हो ।

यो वर्ष कर्जाको ब्याज बढेको अनुपातमा निक्षेपको ब्याजदर झनै उच्चदरमा बृद्धि भएको छ । एक वर्षमा बैंकले बचतमा दिने ब्याज ५६ प्रतिशतले बढेको छ । गत वर्ष चैतमा बैंक वित्तीय संस्थाको निक्षेपमा अबौषतमा ४.७२ प्रतिशत ब्याज दिएकोमा यो वर्ष जेठमा औषत ब्याजदर ७.३४ प्रतिशत पुगेको छ ।

निक्षेपको ब्याजदरमा समेत बृद्धि हुँदा बैंक वित्तीय संस्थाको आधार दर ४०.९९ प्रतिशतले बढेको छ । गत वर्ष जेठमा बैंक वित्तीय संस्थाको आधार दर ६.६६ प्रतिशत रहेकोमा यो वर्षको जेठमा बैंक वित्तीय संस्थाको आधार दर ९.३९ प्रतिशत पुगेको हो ।


क्लिकमान्डु