लिखित परीक्षा रद्द गरी कर्मचारी सञ्चय कोषले खुलायो नयाँ विज्ञापन



काठमाडौं । कर्मचारी सञ्चय कोषले सोमबार यसअघिको लिखित परीक्षा रद्द गरी मंगलबार नयाँ विज्ञापन आह्वान गरेको छ ।

सोमबार कोषले २०७७ मंसिर १४ गतेदेखि २४ गतेसम्म ६, ७, ८ र ९ तहका लागि भएको लिखित परीक्षा रद्द गरेको थियो । कोषले मंगलबार भने विभिन्न पदमा जागिर खुलाएको छ ।

कोषले विभिन्न पदमा ५७ जनाका लागि जागिर खुलाएको हो । जसमा सहायक तहदेखि वरिष्ठ प्रबन्धक तहसम्मका लागि जागिर खुलाएको हो ।

कोषले खुलाएको विज्ञापनमा असार २८ गतेदेखि आवेदन दिन सकिनेछ । इच्छुकले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु