१ खर्ब १४ अर्ब पुनरकर्जा प्रदान, सहुलियतपूर्ण कर्जाको बक्यौता २ खर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

जेठ मसान्तसम्ममा १ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १५ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ ।

जसमा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१८ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ८४ करोड कर्जा रहेको छ । महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ६६९ महिला उद्यमीलाई प्रवाह भएको ७२ अर्ब ३८ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६० ऋणीको ३ अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा जेठ मसान्तसम्ममा १ अर्ब १५ करोड स्वीकृत भएको छ ।


क्लिकमान्डु