धौलागिरी लघुवित्तले पायो आइपीओ निष्काशन गर्ने अनुमति



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले असार २४ गते संस्थालाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।

संस्थाले जारी पूँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको जनाएको छ ।


क्लिकमान्डु