सेयर बजार राताम्मे



काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो कारोबारमा बजारमा पहिरो गएको हो । बजार मापन गर्ने सूचक ७७.०१ अंकले घटेर परिसूचक १९१५.६१ बिन्दुमा रोकिएको छ ।

बजारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.०३ अंकले घटेर ३६६.८६ बिन्दु्मा रोकिएको छ ।
२२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको ३७.२०, विकास बैंक १५०.७८, वित्त कम्पनी ८७.९२, जलविद्युत ११९.३८, जीवन बीमा ४५०.२२, उत्पादन तथा प्रशोधन १६६.५१, माइक्रोफाइनान्स १८७.५४, निर्जीबन बीमा ३६५.५९ अंकको गिरावट आएको छ ।

बजारमा पहिरोजाँदा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई समुन्नत स्किम–१का लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी पहिलो स्थानमा रहेको छ । कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४८९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र अप्पर तामाकोशी रहेको छ ।


क्लिकमान्डु