नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो



काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ ।

आइतबार बकर इदका लागि सरकारले सार्वजनिक विदा दिएपछि एक दिन समय थपिएको छ । ऋणपत्रमा असार २७ गते (मंगलबार)सम्म आवेदन दिन सकिने छ । ऋणपत्र असार २२ गतेदेखि निष्कासन गरेको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्रमा १८ लाख कित्ता बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्ने र बाँकी रहेको १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याज पाइने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु