आर्थिक समस्यामा फसेको श्रीलंकामा राजनीतिक संकटः राष्ट्रपति भागे, प्रधानमन्त्रीको राजीनामा



गम्भिर आर्थिक समस्यामा फसकेको श्रीलंका राजनीतिक संकटमा परेको छ । शनिबार कोलम्बोमा आन्दोलनकारीहरु राष्ट्रपति भवन नै कब्जामा लिएका छन् । सार्वजनिक भएको भिडियो फुटेज तस्बिरमा आन्दोलनकारीले राष्ट्रपति भवन कब्जामा लिएको देखिन्छ । मुलुक गम्भीर आर्थिक संकटका कारण सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

राजापाक्षेलाई गत मार्चदेखि नै राजीनामा दिन दबाब बढ्दै गएको थियो । गत अप्रिलमा प्रदर्शनकारीले उनको कार्यालयको प्रवेशद्वार कब्जा गरेपछि राष्ट्रपति राजापाक्षेले निवासलाई आफ्नो निवास र कार्यालयको रूपमा प्रयोग गर्दै आएका छन्।

शनिबारको विरोधलाई ध्यानमा राख्दै राष्ट्रपति राजापाक्षेले शुक्रबार नै घर खाली गरेको राष्ट्रपति निवासमा कार्यरत व्यक्तिले बताएका छन् ।

आन्दोलनकारीले लामो समयदेखि प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । श्रीलंका विगत केही दशकयताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । देशमा पेट्रोल, खाद्यवस्तु र औषधिको अभाव भएको छ ।

प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका छन् उनीहरुलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । सार्वजनिक भएको भिडियो फुटेजमा प्रदर्शनकारीहरु राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको देखिन्छ ।

प्रदर्शनकारीहरु राष्ट्रपति भवनलाई कब्जा लिएपछि उनी सुरक्षित स्थानमा गएका छन् । राजापक्षले अहिलेसम्म प्रतिक्रिया भने दिएका छैनन् । श्रीलंकाका प्रधानमन्त्री प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनामा दिन तयार भएको बताएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफैंले ट्वीट गर्दै यसको पुष्टि समेत गरेका गरेका छन् ।

यसअघि विक्रमासिङ्घेले सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन राजी भएको पनि पीएमओले जनाएको थियो ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पार्टीका नेताहरुलाई सर्वदलीय सरकारका लागि आफ्नो पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
विदेशी मुद्राको सञ्चिति घट्दा श्रीलंकामा गम्भिर मानवीय संकट समेत आउने प्रक्षेपण गरिएको छ । पेट्रोलियम पदार्थको अभाव छ भने श्रीलंकाले तिनुपर्ने ऋण तिर्न नसक्ने घोषणा गरिसकेको छ । विदेशी मुद्राको अभावको कारण श्रीलंकामा बच्चाहरुले प्रयाप्त मात्रामा पोषणयुक्त खानेकुरा खान पाएका छैनन् । यसले कुपोषण हुन सक्ने चिन्ता सयुक्त राष्ट्रसंघले गरेको छ ।

शनिबारको प्रदर्शनमा श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्या पनि सहभागी थिए । उनले ट्वीटरमा आन्दोलनकारीसँगका आफ्ना केही तस्विर पनि सेयर गरेका छन् ।
उनले आफू श्रीलंकाका जनताको साथमा रहेको र छिट्टै विजयको उत्सव मनाउने र यसलाई कुनै अवरोध बिना निरन्तरता दिनुपर्ने लेखेका छन् ।


क्लिकमान्डु