सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजार भन्दा तल



काठमाडौं । शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

शुक्रबार २ घन्टा भएको कारोबारमा बजार मापन गर्ने सूचक ३४.७१ अंकले घटेर परिसूचक १९९२.६१ बिन्दुमा रोकिएको छ । यो
दिनको कारोबारमा बजार दुई हजार भन्दा तल झरेको छ ।

२१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १५.७२, विकास बैंक ९४.७८, वित्त कम्पनी ४७.९९, जलविद्युत ५९.३२, जीवन बीमा १९३.०७, उत्पादन तथा प्रशोधन १२२.४०, माइक्रोफाइनान्स ६५.५४, निर्जीबन बीमा ८९.३६ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ५९ लाख ८३ हजार ५५५ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा यूनाइटेड आईडीआई मार्दी आरबी हाईड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ ।


क्लिकमान्डु