प्रि-ओपनिङमा साढे ४ अंकले बढ्यो सेयर बजार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।

बजार ४.५५ अंकले बढेर परिसूचक २०३१.८७ बिन्दुमा रोकिएको छ । २४ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २.४२, जलविद्युत ८.८६, जीवन बीमा ५८.८२, उत्पादन तथा प्रशोधन २७.२१, माइक्रोफाइनान्स ६.६४ निर्जीबन बीमा समूहको उपसूचक १०.४७ अंकले बढेको छ ।

विकास बैंक समूहको उपसूचक ६.९८ अंकले घटेको छ ।


क्लिकमान्डु