सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आइपीओमा आयोजना प्रभावित जिल्लाका स्थानीयले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको थियो ।

असार २ देखि १६ गतेसम्म निष्कासन गरेको आइपीओमा आयोजना प्रभावितले माग अुनसार आवेदन नदिएपछि समय थपेर आजसम्मलाई कायम गरिएको थियो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ लाख कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानियले आवेदन दिन सक्ने थिए ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

आइपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटलबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु