अपर हेवाखोला हाईड्रोपावरको आइपीओ निष्कासन, कहिलेसम्म कति दिने आवेदन ?



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमा ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी रहेको १३ लाख ९५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । आइपीओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ६ गतेसम्म आवेदन दिन सकिने छ ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु