कृषि विकास बैंकमा १५२ जना कर्मचारीलाई रोजगारीको अवसर



काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदनमा १५२ जनाका लागि रोजगारी खुलाएको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंकले लेखापालदेखि शाखा प्रमुखसम्म ९ वटा पदमा रोजगारी खुला गरेको छ ।

बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल), १२ कर्जा अधिकृत, २३ व्यवसाय सहायक, ६ कानून सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान गरेको हो ।

कुल १५२ कर्मचारीमध्ये खुलातर्फ ८२ सिटका लागि आवेदन दिन सक्नेछन् । साउन १२ गतेभित्र आवेदन दिनुपर्नेछ । हरेक पदकका लागि विभिन्न मापदण्ड तोकिएको छ ।


क्लिकमान्डु