सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्दै



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १६.६० अंकले घटेर परिसूचक २०२७.३२ बिन्दुमा रोकिएको छ ।
२२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकाशं समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ८.५७, विकास बैंक ४६.२१, वित्त कम्पनी ७.७९, जलविद्युत १५.९३, जीवन बीमा ११५.१७, उत्पादन तथा प्रशोधन ४३.२०, माइक्रोफाइनान्स ३७.३६, जीवन बीमा समूहको उपसूचक ३३.६७ अंकले घटेको छ ।
कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को धेरै रकमको कारोबार भएको छ । कम्पनीको ७ करोड ६५ लाख ८९ हजार ९८२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अरुण काबेली पावर र शिवम् सिमेन्ट रहेको छ ।


क्लिकमान्डु