अर्थमन्त्रीले राजीनामा दिएपछि अर्थसचिव मरासिनी काममा फर्किए



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा चरम विवादमा परेपछि गत मंगलबार प्रधानमन्त्री र मुख्यसचिवलाई अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालयको काममा नफर्किने भन्दै अनिश्चितकालका लागि विदामा बसेका थिए ।

अर्थमन्त्री शर्माले बुधबार संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए । झन्डा हल्लाउँदै संसद् छिरेका मन्त्री शर्मा झन्डा लुकाएर संसद् भवनबाट बाहिरिएका थिए ।


क्लिकमान्डु