आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने, कारोबार रोक्का



काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने भएका छन् । दुई लघुवित्तबीच बुधबार एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यी २ कम्पनीबीच १००ः७० कित्ता सेयरको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । अर्थात् सीवाईसीइमा १०० कित्ता सेयर हुनेले मर्जरपछि ७० कित्ता पाउनेछन् ।

हाल आँधीखोला लघुवित्तको चुक्ता पुँजी ११ करोड ९० लाख रूपैयाँ रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख रूपैयाँ रहेको छ ।

मर्जर सम्झौता पश्चात आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का भएको छ ।


क्लिकमान्डु