अर्थमन्त्री जनार्दनविरुद्ध ११ सदस्यीय छानबिन समिति गठन, समय १० दिन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि ११ सदस्यीय छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव ।

समितिले आगामी आवको आर्थिक विधेयकमा करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति प्रवेश गराइएको विषयमा छानबिन गर्नेछ ।

समितिले सदस्यहरुमध्येबाटै अध्यक्ष चयन गर्न सक्नेछ भने छानबिनका क्रममा अन्य व्यक्तिहरुको सहयोग समेत लिन सक्नेछ ।समितिलाई १० दिनको समय दिइएको छ ।


क्लिकमान्डु