राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदमा समस्या, जोखिम बढ्योः अध्यक्ष मैनाली



काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत सेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् ।

आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा अध्यक्ष मैनालीले यस्तो बताएका हुन् ।

उनले सेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले सेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताए । अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४-१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए ।

उनले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा ४-१२ को क्यापलाई हटाउनुपर्ने बताए । अध्यक्ष मैनालीले सेयर कर्जामा सीमा लगाउने भन्दापनि पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए । उनले कमजोर र बलियो संस्थाको सेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताए ।

अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद गर्न रोक लगाएको कारण पनि सेयर बजार जोखिममा पुगेको बताए । उनले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु सेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई सेयर खरिद गर्नदिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताए । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउने तयारी भएपनि सेयर किन्ने बायर नै नभएको गुनासो गरे ।

‘हामीले विदेशी लगानीलाई सेयर बजारमा प्रवेश नदिएको कारण सेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन । सेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाई गर्नुपर्छ भन्ने छैन । हामीले जहिले पनि बाइन साइडबाट मात्रै हेरका छौं । सेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ । पैसा कही पनि अड्किँदैन । बायरले ऋण लिएर सेयर किन्यो भने सेयर किनेको पैसा सेलरले पाउने हो ।’ उनले भने ‘केही सरकारले करको रुपमा पाउने हो । कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन । कसैले ऋण दिएर शेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन ।’

यो वर्ष कुनै एउटा संस्थालाई हेरेर कर्जा नियन्त्रण नीति नल्याएको भए राम्रो हुने उनको भनाइ छ । राष्ट्र बैंकले कसैले अर्बौं ऋण लियो, बजारमा चलखेल गरेको बैंकले यस्तो चलखेललाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

‘वित्तीय संस्थाहरुले सेयर किनेर चलखेल भयो भन्ने भयो हामीले सबैलाई सेयर किन्न बन्द गरौं । नराम्रो के गरेको छ भने उत्पादन क्षेत्रलाई प्राथमिकता दिने भनेका छौं । उत्पादनशिल क्षेत्रलाई क्यापिटलको खाँचो छ । हामीले बुक बिल्डिङमार्फत उत्पादन क्षेत्रलाई बजारमा ल्याउन थालेका छौं । बजारमा कम्पनी ल्याउने तर किन्ने को हो ? हाम्रोमा बायरको एकदमै सटेज छ । त्यसको ठूलो वायर बैंक तथा वित्तीय संस्थाहरु हुने थिए । तर हामीले घुमाउरो पारले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर किन्न रोक लगाएका छौं’ उनले भने ‘त्यस कारण अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्न । त्यसलाई परिमार्जन गर्नुपर्छ । हामीले दिएरको ल्याण्डिङ रुलबेस भयो ।

हामी जोखिम बेस ल्याण्डीङमा जानुपर्छ । राम्रो र नराम्रो जुनसकै कम्पनीलाई ७० प्रतिशत कर्जा दिन्छौंं । त्यसमा फरक फरक व्यवस्था गर्नुपर्छ । जोखिम बेसमा गयौं भने बैंकबाट आएको लोनबाट बजारलाई केही सुधार गर्ने देखिन्छ । त्यसले शेयर बजारको जोखिमलाई बचाउला भन्ने लाग्छ । बैंक मर्जरमा कम्पनीहरुको कारोबार रोकिन्छ । हामीले नियम किन बनायौं भन्दा दुई कम्पनीबीच सम्झौता गर्नुहुन्छ । पछि गएर डिडिए गरेर स्वाब रेरियो फाइनल गर्नुहुन्छ । त्यहाँ चलखेल हुन्छ । त्यहाँबाट लगानीकर्तालाई बचाउने भन्ने हो । तर सम्झौता गरेको दिन नै यति स्वाब रेसियोमा भयो भनिन्छ । पछि राष्ट्र बैंकले पनि अनुमति दिने स्वाब रेसियो त्यही हुन्छ ।

त्यसो हुँदा शेयर लगानीकर्ताको सम्पतीलाई रोकेर किन बन्धक बनाउने काम भएको छ । दुईदिन कारोबार रोकेर हुने ठाउँमा लगानीकर्तालाई वर्षौंसम्म प्यानिक बनाउने काम गरेका छौं । यो विषयमा मौद्रिक नीतिमा सम्बोधन हुनुपर्छ ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताए ।


क्लिकमान्डु