मधु मरासिनी विदामा, अर्थसचिव परिवर्तन गर्ने तयारी



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबारदेखि लागू हुने गरेर मरासिनी बिदामा बसेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण हुने समयमा सीसीटिभी फुटेज डिलिट भएपछि अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव विवादमा छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी सरुवा हुने मुडमा पुगेका छन् ।


क्लिकमान्डु