४/ १२ को नीति हटाएर सेयर बढाउने नीति ल्याउन व्यवसायीको माग



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ४/१२ को नीति हटाउनुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन् ।

नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सेयर बजारमा ४÷१२ को नीति हट्नुपर्ने माग राखे ।

उनले ४/१२ को नीति आएसँगै गभर्नरलाई भेटेर चेम्बरले नीति हटाउन माग गरेको भन्दै यसले सेयर बजार घटेको बताए ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले सेयर बजार बढाउने नीति राष्ट्र बैंकले लिनुपर्ने बताए । उनले धेरैले ४/१२ को नीति खारेज गर्नुपर्ने बताएको भन्दै मागलाई अध्ययन गरेर सम्बोधन गर्नुपर्ने बताए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि ४÷१२ को नीति कार्यान्वयनमा ल्याएको हो ।

जसमा एउटा व्यक्तिले सेयर धितो राखेर एउटा बैंकबाट ४ करोड तथा समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा ऋण लिन पाइदैन । जुन नीति पूर्ण रुपमा असार मसान्तदेखि कार्यान्वयनमा आउने छ ।


क्लिकमान्डु