सेयर बजारमा भारी गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ४६.०८ अंकले घटेर परिसूचक २०३०.५९ बिन्दुमा रोकिएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.७१ अंकले घटेर ३८७.२३ बिन्दुमा रोकिएको छ ।
२२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १७.१७, विकास बैंक १००.९४, जलविद्युत ५२.२३, जीवन बीमा २१५.९२, उत्पादन तथा प्रशोधन १४५.३५, माइक्रोफाइनान्स ११३.०३, निर्जीबन बीमा समूहको उपसूचक २३९.८७ अंकले घटेको छ ।

कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर, आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन सानिमा बैंकको संस्थापक सेयर धेरै रकमको कारोबार भएको छ । कम्पनीको ३० करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा अरुण कावेली र तेस्रोमा शिवम् सिमेन्ट रहेको छ ।


क्लिकमान्डु