रमेश पाण्डेको आत्मावृतान्त ‘एउटा शिक्षक’ सार्वजनिक



काठमाडौं । शिक्षक रामेश पाण्डेको आत्मावृतान्त ‘एउटा शिक्षक’ सार्वजनिक भएको छ ।

५२ वर्षे शिक्षण पेशाको अनुभवलाई समेटी लेखिएको शिक्षक पाण्डेको आत्मावृतान्त सोमबार सार्वजनिक भएको हो ।

उक्त आत्मावृतान्त पाण्डेका तत्कालिन विद्यार्थी एवं पुर्व मुख्य सचिव लिलामणि पौडेल र लेखक पाण्डेका दाई मोहन बहादुर पाण्डेले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तकको विमोचनमा बोल्दै पुर्व मुख्य सचिव पौडेलले पेशागत इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक पाण्डेले लेखिएको आत्मावृतान्तले कक्षामा बस्न नपाउनेहरुका लागि पुस्तक अवसर र मार्गदर्शक बन्ने बताए ।

२०३६ सालको राजनैतिक अस्थीरतामा शंकरदेव क्याम्पसको क्याम्पस प्रमुख भएको सम्झना गर्दै पाण्डेले क्याम्पसको पठन पाठनलाई स्तरीय बनाउन गरिएका योजनाहरू कार्यन्वयनमा विद्यार्थीहरुबाट ठुलो साथ पाएको बताए ।

विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धतिलाई अबलम्बन गराउन शिक्षक पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थाहरुमा बसेर गरेका योगदानलाई पुस्तकमा समेटिएको छ ।


क्लिकमान्डु