सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा आइतबार ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएकोम छ ।


क्लिकमान्डु