पेट्रोलमा २ र डिजलमा ९ रुपैयाँले बढ्यो मूल्य



काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । जस अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

साथै डिजल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँले बढाएर प्रतिलिटर १७२ रुपैयाँ बनाएको छ भने हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँले बढाएर प्रतिलिटर १८५ रुपैयाँ कायम गरिएको छ ।


क्लिकमान्डु