अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, नत्र प्रधानमन्त्रीले एक्सन लिनुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छ्न ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदे थापाले अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताए ।

उनले अर्थमन्त्रीले तत्काल राजीनामा नदिए प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानबिन गर्नुपर्ने बताए । उनले यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए ।

‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि प्रधानमन्त्रीले तत्काल एक्शनमा लिनुपर्छ,’ उनले भने, ‘हाम्रो आफ्नै कार्यविधिल कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्न भनेको छ ।’

उनले प्रश्न उठिसकेपछि यत्तिकै छाड्ने हो भन नजिर बस्ने भन्दै भविष्यमा जे गरेपनि हुन्छ भन्ने हुने बताए ।


क्लिकमान्डु