सम्हालिन खोज्दै सेयर बजार, कारोबार रकमले दियो साथ



काठमाडौं । कारोबारको अन्तिम समयमा सेयर बजार सम्हालिन नसक्दा सामान्य गिरावट देखिएइको छ ।

कारोबारको सुरुदेखि सामान्य उतार चढाब रहेको बजारमा अन्तिम समयमा सम्हालिन नसक्दा बजारमा गिरावट देखिएको छ । लामो समय गिरावटको मार खेपेको बजार सम्हालिने क्रममा रहेको बताइन थालेको छ । यो दिन कारोबार रकम भने निकै बढेको छ । बजार घटेपछि कारोबार रकम बढ्दा लगानकिर्तामा उत्साह भने देखिएको छ ।

बजारमा ९.७५ अंकको गिरावट आउँदा परिसूचक २०७६.६७ बिन्दुमा रोकिएको छ । २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १.१९, विकास बैंक ५२.९६, वित्त कम्पनी ६.३१, जलविद्युत १३.२३, उत्पादन तथा प्रशोधन ४५.३८, माइक्रोफाइनान्स ६०.९३, अन्य समूहको उपसूचक २७.५३ अंकले घटेको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु