सेयर बजारमा लगानीकर्ताको रुवाबासी, सरकार आनन्दले बसेको छः केपी ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवाबासी छाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विषेश समयमा बोल्ने क्रममा ओलीले सेयर बजारमा लगानीकर्ताको रुवाबासी भइरहेको बेला सरकार आनन्दले बसेको तर्क गरे । यतिबेला सरकार गठबन्धन टिकाउने संकल्पमा रहँदा अरु सबै बिर्सेको उनको तर्क छ ।

‘सरकारको एउटै संकल्प छ गठबन्धन कसरी टिकाउने’ उनले भने ‘कुनै गन्तव्य नभएको, कुनै उद्देश्य नभएको, जनताप्रति उत्तरदायित्व नभएको देशका लागि केही गर्न नपर्ने, अठोट संकल्प केही नभएको सरकारबाट के अपेक्षा गर्ने ।’


क्लिकमान्डु