एसपीपीमा मैले गरेको निर्णय सार्वजनिक गर्न ओलीको माग



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुनु भन्दा पहिला नै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागि हुने पत्र पठाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष लिएर बोल्दै ओलीले आफूले एसपीपीको विषयमा कुनै निर्णय नगरेको दाबी गरे ।

‘मैलै एसपीपीका विषयमा निर्णय कुन दिन, कुन विषयमा के निर्णय गरेको थिए सत्यतथ्य बाहिर ल्याउन म सरकारसँग आग्रह गर्दछु,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मुलुकको राष्ट्रियताका विषयमा भ्रमपूर्ण प्रचार गरेर हुँदैन् ।

’ पूर्व प्रधानमन्त्री ओलीले आपूm प्रधानमन्त्री हुनु भन्दा पहिला नै नेपाली सेनाले अमेरिकी राजदुतावासमा पत्र पठाएको बताए ।

‘यस विषयमा कसले के निर्णय गर्यो, कसले फाइल अगाडी बढायो सबै जानकारी संसदमा दिनु पर्छ । पूर्व सेनापतिलाई बोलाएर पनि सोध्नु पर्छ ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘देशको भुगोल विदेशीलाई दिने एसपीपी सम्झौताको ड्राप्mट सार्वजनिक भएको छ । यो कस्तो ड्राप्mट हो प्रधानमन्त्रीले जानकारी दिनु पर्छ ।’


क्लिकमान्डु