प्रि-ओपनिङमा ९.२० अंकले बढ्यो बजार



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार ९.२० अंकले बढेको छ ।

बजार ९.२० अंकले बढेर परिसूचक २०९५.६२ बिन्दुमा रोकिएको छ । ३४ कम्पनीको २ हजार ८१५ कित्ता सेयर १४ लाख ४ हजार ८१८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ६.१६, विकास बैंक ७.७३, जलविद्युत १७.२०, जीवन बीमा २१.९६, उत्पादन तथा प्रशोधन १८.१४, माइक्रोफाइनान्स ४.९६, निर्जीबन बीमा ६.४८ र अन्य समूहको उपसूचक २०.४३ अंकले बढेको छ ।


क्लिकमान्डु