आइतबार ५७.६५ अंकले बढ्यो नेप्से, आधा दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाएको छ । सूचीकृत कम्पनीमध्ये अधिकांश कम्पनीको सेयर उकालो लाग्दै हरियाली आएको हो ।

केही दिन अघिसम्म १८ सयको आँकडा छोएको नेप्से परिसूचक त्यसयता लगातार उकालो लाग्दै आइतबार करिब २१ सयको अंकमा पुगेको छ ।

आइतबार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ अंकमा पुगेको छ ।

आइतबारको कारोबारमा १९१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा ६२ लाख २७ हजार ६९२ कित्ता सेयर २ अर्ब ४८ करोड ४लाख ७३ हजार ९९८ रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ ट्रेडिङतर्फ ९.३० प्रतिशत, जलविद्युतमा ५.६३ प्रतिशत, म्यानुफ्याक्टरिङ एण्ड प्रोसेसिङतर्फ ४.९० प्रतिशतले उकालो लागेको छ ।

साथै, नेस्डो समृद्ध लघुवित्त, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, सानजेन जलविद्यत्, सीवाइसी नेपाल लघुवित्त, साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु