यो साता १६६.७१ अंकले बढ्यो सेयर बजार, आगामी साता के होला ?



काठमाडौं । यो साता सेयर बजारमा १६६.७१ अंकको सुधार देखिएको छ । गत साता उतार चढाव देखिएको बजार यो साता भने सुधारको बाटोमा देखिएको छ ।

गत साताको अन्तिम कारोबार (शुक्रबार) बजार १८६२.०६ बिन्दुमा रोकिएको छ । आइतबार बजार शुक्रबारको तुलनामा ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा रोकिएको थियो । त्यसपछि सोमबार र मंगलबार भने बजारमा गिरावट देखिएको थियो ।

सोमबार बजार १९३३.१३ बिन्दुमा रोकिएको थियो भने मंगबार बजार झनै घटेर १९२१.३१ बिन्दुमा रोकिएको थियो । त्यसपछि बुधबार र बिहीबार भने बजारमा सुधार देखियो । मंगलबार १९२१.३१ बिन्दुमा रहेको बजार बुधबार ४१.४ अंकले बढेको थियो । बुधबार बजार ४१.४ अंकले बढेर परिसूचक १९६२.७१ बिन्दुमा रोकिएको थियो ।

यस्तै बिहीबार बजार ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा रोकिएको थियो । तर शुक्रबार भने बजारमा सामान्य गिरावट देखिएको छ । शुक्रबार बजार ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा रोकिएको छ ।

यो साता बजार मात्रै नभएर कारोबार रकममा पनि केही सुधार देखिएको छ । लामो समयदेखि गिरावटको मारमा परेको बजारमा यो साता देखिएको सुधारले आगामी साता बजारका केही सुधारको अपेक्षा रहेको लगानीकर्ताको बुझाई छ ।

लगानीकर्ताले केही समयअघि ९ दिन आमरण आमरण अनसन नै बसेका थिए । आमरण अनसनमा बसेको समयमा लगानीकर्ताले डेढ दर्जन माग राखेका थिए । उनीहरुले राखेको माग पनि पुरा हुने क्रममा रहेका छन् ।

नेप्सेले बिक्री तर्फको एओएन सम्बन्धी व्यवस्था हटाएको छ । यो लगानीकर्ताको माग हो । लगानीकर्ताको माग पनि पुरा हुन लागेका कारण आगामी साताबाट बजारमा थप सुधार आउने लगानीकर्ताको बुझाई रहेको बताइन्छ ।


क्लिकमान्डु