हिमालयन हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन, कहिलेसम्म पाइन्छ आवेदन दिन ?



काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परिसकेको छ ।

सिडिएससीका अनुसार शुक्रबारसम्म आइपीओमा ९ लाख ८९ हजार ६३८ जनाले १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँको १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्काशन गरेको छ । कम्पनीले निष्काशन गरेको सेयरमा ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानीका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आइपीओमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले असार १५ गतेदेखि आइपीओ निष्कासन गरेको हो ।


क्लिकमान्डु