नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिक्री तर्फको अलअरनट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ ।

नेप्सेका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागु हुनेगरी हटाएको छ ।

सेयर लगानीकर्ताहरुले आन्दोलनको क्रममा उक्त व्यवस्था हटाउन माग गरेका थिए । लगानीकर्ताको माग अनुसार नै बोर्डको निर्देशनले उक्त व्यवस्था गरेको छ ।


क्लिकमान्डु