कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालमा १०% सम्म छुट



काठमाडौं । कुमारी बैंक र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वास्थ्य उपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गरिने छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटि, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे जनाएको छ ।


क्लिकमान्डु