सयपत्री हाइड्रोपावरको आइपीओ बिकेन, थपियो समय



काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि असार २ गतेदेखि १६ गतेसम्म का लागि आइपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेपछि समय थपेर असार २४ गतेसम्म पुर्याइएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ३ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई सेयर निष्कासन गरेको हो । उनीहरुले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपीओको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । स्थानीयले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाटबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु