नागरिक स्टक डिलर कम्पनीलाई थप सूचिकृत कम्पनीको कारोबार गर्न बाटो खुल्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक स्टक डिलर कम्पनीलाई थप सूचिकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको छ ।

नेप्सेका अनुसार कम्पनीको प्राप्त पत्रमार्फत थप सूचिकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृति माग भएकोमा धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद–२ बुँदा ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै कम्पनीले थप सूचिकृत कम्पनीको पनि सेयर कारोबार गर्न सक्नेछन् ।


क्लिकमान्डु