हिमालयन हाइड्रोपावरको आइपीओ निष्कासन, कहिलेसम्म कति दिने आवेदन ?



काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँको १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो । जसमा ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
आइपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आइपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु