शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने सहकारी विकास बोर्डको संचालक तिमल्सिना पक्राउ



काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको संचालक पदमा नियुक्ति खानका लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आजै पक्राउ गरि जिल्ला अदालत काठमाडौंबाबाट ५ दिन म्याद थपेर अनुसन्धान सुरु गरेको छ ।

भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने तिमल्सिनालाइ ब्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

रजिष्ट्रेसन नं.१४९१५.८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेका तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिविदर्ता नं. १४९१५.८९, पाटन मल्पिटपल क्याम्पसको ब्यचलर डिग्री इन ह्युम्यनिटिज एण्ड सोसियल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई आज ललितपुर जिल्ला थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धि कसूरमा अनुसन्धान सुरु गरेको छ ।


क्लिकमान्डु