सेयर बजारमा गिरावट कायमै, सीवाईसी नेपाल लघुवित्तको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजार मापन गर्ने सूचक ११.८२ अंकले घटेर परिसूचक १९२१.३१ बिन्दुमा रोकिएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२२ अंकले घटेर ३७२.६० बिन्दुमा रोकिएको छ ।
२३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४७२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यो दिन कारोबार रकमको आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ ।

कम्पनीको ७ करोड ३१ लाख ३३ हजार २५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र नागरिक लगानी कोष रहेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक ४३.८३, वित्त कम्पनी २२.०४, जलविद्युत ३६.१३, उत्पादन तथा प्रशोधन ४८.४०, माइक्रोफाइनान्स ३८.७९, निर्जीबन बीमा समूहको उपसूचक १०९.९६ अंकले घटेको छ । यस्तै जीवन बीमा समूहको उपसूचक ९६.९० अंकले बढेको छ ।


क्लिकमान्डु