बोर्डले १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमित दिने, कुन ब्रोकर कहाँ ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीका ७ वटा शाखा खोल्न अनुमति दिएको छ भने १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिने तयारीमा जुटेको छ ।

बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा संचालनका लागि बोर्डले अहिलेसम्म भिजन सेक्युरिटिललाई ४ स्थानमा, अनलाइन सेक्युरिटिजलाई १ स्थानमा, दिपशिला धितोपत्र कारोबार कम्पनीलाई १ ठाँउमा र नेपाल स्टक हाउसलाई २ स्थानमा शाखा खोल्न अनुमति दिएको छ ।

यस्तै बोर्डले पूर्वाधार तयार गर्न १० वटा ब्रोकरको १५ वटा शाखालाई अनुमति दिएको छ । धितोपत्र बोर्डले भिजन सेक्युरिटिजलाई नवलपरासीको कावासोती, म्यादीको बेनी, तनहुँकोे दमौलीमा शाखा खोल्नका लागि पुर्वाधार तयार पार्न अनुमति दिइ सकेको छ । यस्तै अनलाइन सेक्युरिटिजलार्य नुवाकोटको बट्टार, दिपशिखा धितोपत्र कारोवार कम्पनीलाई चितवनको टांडी, नेपाल स्टक हाउसलाई नुवाकोटको बिदुर र कैलालीको टिकापुरमा शाखा खोल्नका लागि पुर्वाधार तयार पार्न अनुमति दिइसकेको छ ।

बोर्डका अनुसार पूर्वाधार तयार गर्न १० वटा ब्रोकरको १५ वटा शाखालाई पुर्वाधार तयार पार्न अनुमति दिइएको छ । पूर्वाधार तयार गरेर बोर्डको निरीक्षणपछि सञ्चालन गर्न १५ वटा ब्रोकर कम्पनी तयार बनेका छन् ।

जसमा अनलाइन सेक्युरिटिजलाई रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरंगको उर्लाबारीमा रहेको शाखा अनुगमनको पर्खाइमा रहेको छ ।
आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा खोल्न लागेको छ । यस्तै दिपशिखा धितोपत्र कारोवार कम्पनीले कैलालीको लम्की, सिरहाको लाहान र दोलखाको चरिकोटमा शाखा खोल्न लागेको छ ।
मल्ल एण्ड मल्ल स्टक ब्रोकिंग कम्पनीले पाँचथरको फिदिम र इलाममा, सेक्युर्ड सेक्युरिटिजले झापाको दमकमा,
त्रिशुल सेक्युरिटिजलार्य नवलपरासीको कावासोतीमा शाखा खोल्ने तयारीमा जुटेको छ ।

अक्सफोर्ड सेक्युरिटिजले नवलपुरको भुमहीमा, दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मामा,
जे. एफ. सेक्युरिटिज कम्पनीले दाङको तुल्सीपुरमा र डाइनामिक मनि म्यानेजर्सले शाखा खोल्ने भएको छ ।
धितोपत्र बोर्डले यी कम्पनीले बनाएको पूर्वाधारको अनुगमन तोकेको मापदण्ड पुरा गरेको खण्डमा शाखा खोल्न अनुमति दिने बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए ।


क्लिकमान्डु