अपर हेवाखोला हाइड्रोपावरको आइपीओ असार २४ गतेदेखि



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले मंगलबार सूचना जारी गर्दै प्रतिसेयर १ सय रुपैयाँको अंकितका दरले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीकाअनुसार १५ लाख कित्तामध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरिएको भने ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ९५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीले सर्वसाधारणहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आईपीओको आवेदन दिन सक्ने जनाएको छ । कम्पनीको आइपीओ छिटोमा असार २८ गते र ढिलोमा भदौ ६ गतेसम्म आईपीओ निष्काशन गर्नेछ ।


क्लिकमान्डु