निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओका लागि छनोटमा परेका ५ जनाको अन्तर्वार्ता भोलि हुने
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ५ जनाको आवेदन परेको छ ।
सीइओका लागि काठमाडौं–८ टोखाका कविराज अधिकारी, बर्दिया–६ गुलरियाका मेघेन्द्र प्रकाश गिरी, भक्तपुर–९ राधेराधेका रमेश कुमार पोखरेल, झापा शिवसताक्षी नगरपालिका–२ का रमेश घिमिरे र मोरङ–१५ विराटनगरका रमेश दाहालको आवेदन परेको छ ।
कोषमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो । आवेदन दिएका ५ जना योग्यता, व्यवसायिक कार्ययोजनाको परीक्षाबाट प्राप्ताङकको प्राथमिकताको आधारमा छनौट भएका ५ जनालाई अन्तर्वार्तामा छनोट गरेको जनाएको छ ।
छनोट भएका उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १४ गते बिहान सवा ७ बजे अर्थमन्त्रालयमा हुने छ । अन्तर्वार्तामा आफुले पेश गरेको प्रमाणपत्र तथा अन्य कागजात लिएर आउन भनेको छ ।