कोरियाको लगानी भएको एस वाई प्यानल नेपालले आइपीओ निष्कासन गर्ने



काठमाडौं । एस. वाई. प्यानल नेपालले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री फ्रबन्धकमा नियुक्त गरेको छ ।

नियुत्ति सम्बन्धी सम्झौतामा एस वाई प्यानल नेपालका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई दोङगिल र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । एस.वाई. प्यानल नेपाल कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त कोरियाको लगानी भएको कम्पनी हो ।

यसको प्रधान कार्यालय काठमाडौं तीनकुनेमा रहेको छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत एफआर थ्री फायर रेटिङ्ग भएको इपीएस प्यानल, यूपीभीसीको झ्याल तथा ढोका, स्टिल ढोका, एबीसी ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५ हजार वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, फ््याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले गराए ।


क्लिकमान्डु